वैदेशिक रोजगार: निःशुल्क कानूनी सेवा (by People Forum)

पिपुल फोरम मार्फत कानूनी सल्लाह कसरी प्राप्त गर्न सकिन्छ ? कसले पाउँदैन ? 564 views

पिपुल फोरम मार्फत कानूनी सल्लाह कसरी प्राप्त गर्न सकिन्छ ? कसले पाउँदैन ?

वैदेशिक रोजगारको क्रममा स्वदेश वा विदेशमा रहेका नेपालीहरुले आफु वैदेशिक रोजगारको कारणवाट पिडीत हुन पुगेमा निशुल्क कानूनी सल्लाहको लागि पिपुल फोरमद्वारा संचालित धधध।उभयउभिायचगm।यचन।लउ मा गई तयार गरिएको वक्समा गई त्यहाँ क्लिक गरि आफुलाई परेको कानूनी समस्या स्पष्टसंग लेखी पठाउनु पर्दछ । यसरी पठाईएको कानूनी समस्यालाई पिपुुल फोरमका कानूनी सहायता प्रदान गरिरहेका अधिवक्ताहरुले लिखित रुपमानै समाधानका उपायहरु वताउने छन । यसरी उपलव्ध गराईएको परामर्स २४ घण्टा भित्रमा पठाउनेको इमेल खोली हेर्न सकिने छ । कुनै विषय अति आवश्यक (ग्चनभलत) भए उपलब्ध भएको मोवाइलमा क्:क् समेत गरि कानूनी सल्लाह प्रदान गरिने छ ।

यो सेवा लिन पिडित व्यक्तिले आफ्नो समस्याहरु पिपुुल फोरमको ईमेल मार्फत पनि लेखी पठाउन सक्नेछन् । यसरी ईमेल मार्फत प्राप्त हुन आएका समस्याहरुलाई ईमेल मार्फत नै परामर्स उपलव्ध गराईने छ । पिपुल फोरमले परामर्श उपलब्ध गराएका व्यक्तिहरुलाई आवश्यक भएमा निशुल्क कानूनी सहायता समेत उपलब्ध गराउनेछ । निशुल्क कानूनी सहायताका लागि पिपुल फोरमका काठमाण्डौ, झापा, मोरङ्ग, चितवन, वाँके र कास्कीमा रहेका कानूनी सहायता केन्द्रहरुमा सम्पर्क राख्न सकिने छ ।

कानूनी सहायता केन्द्र सम्पर्क नम्वरहरु

१. झापा ०२३–४५६५९८
२. मोरङ्ग ०२१–५२१४६९
३. चितवन ०५६–५२०८७९
४. वाँके ०८१–५२०४२६
५. कास्की ०६१–४६२५५९

निशुल्क कानूनी सेवा अन्तरगत यो सेवा कस्ले पाउदैन ?

  1. वैदेशिक रोजगार वाहेक अन्य कारणले पिडीत भएका व्यक्ति
  2. आफै वकिल राख्न सक्ने आर्थिक हैसियत भएका व्यक्ति

पिपुल फोरमले गभर्नेन्स फसिलिटी, नेपालको सहयोगमा यो सेवा संचालन गरि रहेको हँुदा सेवा लिए वापत कुनै प्रकारको शुल्क लाग्दैन ।

के कस्तो सेवा निशुल्क प्राप्त हुन्छ ?

  1. कानूनी सल्लाह प्रदान गर्ने
  2. पिडीतको तर्फवाट निवेदन वा जाहेरी तयार गरी दर्ता गर्ने
  3. साक्षी वकपत्र गराउने
  4. मिसिलको नक्कल फोटोकपि गरि लिने
  5. न्यायाधिकरण र सर्वोच्च अदालतमा वहस पैरवी गर्ने
  6. मुद्धाको ताकेता गर्ने
  7. पुनरावेदनका लागि सहयोग गर्ने
  8. फैसला कार्यान्वयनको लागि निवेदन गर्ने
  9. क्षतिपुर्ति असुल उपर गराउन सहयोग गर्ने
  10. विदेशमा रहेका कामदारका आफन्तलाई सम्पर्क गरी सल्लाह दिने
  11. विदेशमा अलपत्र परेका व्यक्तिलाई उद्धार गर्न सहयोग गर्ने ।

Location

Kalikasthan, Kathmandu, Nepal P.O. Box No. 25001

Related Orientaion