नेपाल वैदेशिक रोजगार व्यवसायी संघ (NEFEA) ले काठमाडौँको सिफलमा आफ्नै भवन खरिद गरी औपचारिक रूपमा कार्यालय स्थापना गरेको छ । २३६ वटा म्यानपावर कम्पनीहरू र सम्बन्धित संस्थाहरूको सहयोगमा महासंघले ४ करोड ५३ लाख रुपैयाँमा प्रशासनिक भवन खरिद गरेको हो । उक्त खरिदमा सबैभन्दा ठूलो योगदान द रिभर ओभरसिज प्रा.लि. नामक म्यानपावर कम्पनीले गरेको छ, जसले १४ लाख ५१ हजार रुपैयाँ सहयोग गरेको हो। साथै, अन्य ३० वटा म्यानपावर कम्पनीहरूले ५०/५० हजार रुपैयाँभन्दा बढी सहयोग गरेका छन् । आज उक्त भवनको उद्घाटन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीले गर्नुभयो। उद्घाटन समारोहमा महासंघका अध्यक्ष राजेन्द्र भण्डारीले आफ्नो कार्यकालमा भएको उपलब्धिप्रति गर्व व्यक्त गर्दै भवन परियोजनाबारे आलोचना नगर्न आग्रह गर्नुभयो। उहाँले यो सबै व्यवसायीहरूको सामूहिक प्रयास भएकोमा जोड दिनुभयो।
Tilganga, Kathmandu
Something went wrong.