बैदेशिक रोजगार वोर्ड (FEB)

अङ्गभङ्ग भएमा आर्थिक सहायता 582 views

अङ्गभङ्ग भएमा आर्थिक सहायता

अङ्गभङ्ग वा अशक्त भई बिदेशमा काम गर्न नसकेको कारण नेपाल फर्की निवेदन गर्ने कामदारलाई आर्थिक सहायता प्राप्त हुन्छ । 

प्रकृया :-

  • वैदेशिक रोजगारको सिलसिलामा विदेशमा विरामी वा अंग भंग भएका कामदारले नेपाल आय पश्चात नेपालको अस्पतालमा जाँच गराउनु पर्ने छ ।
  • कामदारले विदेशवाट फर्कि आउदा विदेशको अस्पतालमा जाँच गराएको कागजात वा विरामी भई काम गर्न नसक्ने भई फर्काइएको भन्ने रोजगारदाता कम्पनी वा दुतावासको पत्र अनिवार्य रुपमा लिइ आउनु पर्ने छ ।
  • वोर्ड सचिवालयमा उपलव्ध निवेदनको ढाँचामा कामदार स्व्यं उपस्थित भई तल उल्लेखित कागजात सहित निवेदन पेश गर्ने ।
  • वैदेशिक रोजगार विभागमा निवेदन दिई श्रम स्वीकृतिको पत्र तयार पार्ने । (निवेदनको ढाँचा विभागमा उपलव्घ हुने ।
  • निवेदन तथा श्रम स्वीकृतीको पत्र वाहेक अन्य सम्पूर्ण कागजातहरुको छाँया प्रति (फोटो कपि) तयार गर्ने र सम्पूर्ण छाँया प्रतिहरुमा स्वीकृति प्राप्त नोटरी पव्लिकवाट नोटरी गराउने
  • तल उल्लेख भएका सम्पूर्ण कागाजत तयार गरी वोर्ड समक्ष्य निवेदन दिने । उक्त निवेदन विषेशज्ञ समिति समक्ष पेश हुने र उक्त समितिको वैठक आवश्यकता अनुसार वस्ने भएकोले यस्ता निवेदन उपर कारवाही हुन केही दिन लाग्ने हुन्छ । निवेदन उपर निर्णय भए पश्चात वोर्ड सचिवालयले निवेदकले निवेदनमा उल्लेख गरेको फोन नंम्वरमा सम्पर्क गराउने छन् ।
  • निर्णय भएको खवर प्राप्त भए पश्चात तोकिएको समयमा A/C Payee चेक तयार हुने छ सो वुझ्न कामदारको पासपोर्ट साइजको फोटो एक र सक्कल राहदानी सहित सम्पर्क गर्नु पर्ने छ । 

निवेदनसाथ पेश गर्नुपर्ने काजगातहरु :-

  • रितपूर्वक भरेको निवेदन
  • श्रम स्वीकृतिपत्र
  • करारनामा/सम्झौतापत्र
  • बिदेशको अस्पतालमा उपचार गराएको प्रमाणहरु,
  • नेपालको मान्यताप्राप्त अस्पतालमा उपचार गराएको प्रमाणहरु (बिरामीको पछिल्लो अवस्था प्रष्ट खुलेको हुनुपर्नेछ)
  • नेपाल फर्कदाको हवाई टिकट
  • बिरामीको पासपोर्ट (श्रम स्वीकृतिको स्टीकर समेत देखिने)÷ट्राभल डकुमेण्ट 
  • घाउ चोटपटक लागेको भए स्पष्ट देखिने फोटो
  • बिरामीको पासपोर्ट साइजको फोटो
  • बिरामीको नागरिकताको प्रतिलिपि
  • बिरामी आफै उपस्थित भई निवेदन पेश गर्न नसक्ने अवस्था भएमा स्थानीय निकायको सिफारिशमा ,बिरामीको मञ्जुरीनामा र हकवालासँगको नाता प्रमाणित सहित बिरामी आफै उपस्थित हुन नसकेको अवश्थामा माथि उल्लिखित कागजातहरु नजिकको हकवालाले पेश गर्न सक्नेछ ।
  • निवेदनको ढाँचा बोर्ड सचिवालयमा उपलव्ध छ ।

रितपूर्वक प्राप्त भएका निवेदनहरुलाइ वैदेशिक रोजगार कार्य संचालन निर्देशिकको अनूसूचि ७ वमोजिम रोग स्पष्ट भएकाको हकमा बोर्ड सचिवालयवाट र रोग स्पष्ट नभएकाहरुको हकमा विशेषज्ञ समितिको वैठकमा पेश गरि विशेषज्ञ समितिको निर्णयानुसार उपचार खर्च उपलव्ध गराइने ।

नोट: नेपाल फर्किएको १ वर्ष भित्र निवेदन पेश गरिसक्नु पर्छ । अन्यथा आर्थिक सहायता प्राप्त हुँदैन ।

Location

बबरमहल, काठमाण्डाैं, नेपाल

Related Orientaion