बैदेशिक रोजगार वोर्ड (FEB)

बिदेशवाट शव झिकाउँन तथा घरसम्म शव पुर्याउन 546 views

बिदेशवाट शव झिकाउँन तथा घरसम्म शव पुर्याउन

क) बिदेशवाट शव झिकाउँन

वैदेशिक रोजगारमा गएको कुनै कामदारको मृत्यु भएमा शव झिकाउन सम्वन्धीत नियोगहरुमा पत्राचार गरिने ।

निवेदनसाथ पेश गर्नुपर्ने काजगातहरु :-

  • ​​​​कामदारको राहदानी/नागरिकताको प्रतिलिपि
  • बिदेशमा काम गरेको कम्पनीको नाम, ठेगाना र सम्पर्क नं.
  • निवेदन पेश गर्ने व्यक्तिको परिचय खुल्ने कागजात  (नागरिकता, राहदानी

निवेदनको ढाँचा बोर्ड सचिवालयमा उपलव्ध छ । 

ख ) घरसम्म शव पुर्याउनः–

श्रम स्वीकृति लिइ वैदेशिक रोजगारमा गएको कामदारको शव नेपालको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट निजको घर ठेगानासम्म लैजान बोर्डले शव वहान उपलव्ध गराउने छ ।

निवेदनसाथ पेश गर्नुपर्ने काजगातहरु :-

  • निवेदकको परिचय खुल्ने कागजात सहितको निवेदन
  • कामदारको राहदानी नं
  • नेपालमा शव आइपुग्ने मिति र  समय

# निवेदनको ढाँचा बोर्ड सचिवालयमा उपलव्ध हुन्छ । 

निवेदन प्राप्त भएकै दिन सम्वन्धीत ढुवानी कम्पनीलाइ पत्राचार गरी शव ढुवानीको व्यवस्था गरीने ।

Location

बबरमहल, काठमाण्डाैं, नेपाल

Related Orientaion