बित्तिय जानकारी (Financial info)

आफूले बिदेशमा कमाएको पैसा कसरी बचत गर्न सकिन्छ ? 365 views

आफूले बिदेशमा कमाएको पैसा कसरी बचत गर्न सकिन्छ ?

विदेशमा कमाएको पैसा बचत गर्नका लागि व्यावहारिक उपायहरु अपनाउनु पर्ने हुन्छ । पैसा जति बचत गर्न सक्नुहुन्छ त्यतिनै तपाईंको आर्थिक सुरक्षालाई सुनिश्चित हुन्छ । साथै भविष्यका लागि बचत भएको पैसाले तपाइँलाई सवाल बनाउँछ ।

१. बजेट बनाउने: मासिक तपाइले गर्ने आम्दानी र खर्चको योजना बनाउनुहोस् । आवश्यक र अनावश्यक खर्च छुट्याएर अनावश्यक खर्चलाई सक्दो कटौती गर्नुहोस् । 

२. बैंक खाताको प्रयोग: नेपालबाट वैदेशिक रोजगारमा जानु अघिनै नेपाल पैसा पठाउन सहज हुने बैंकको खाता खोलेर जानुहोस् । कतिपय बैंकले फिक्स डिपोजिट गर्न मिल्ने गरि निश्चित ब्याजदरको स्किम दिएका हुन्छन् । त्यस सम्बन्धमा जानकारी बैंकसँग सहजै लिन सक्नुहुन्छ । विदेशमा गएर कमाइको निश्चित भाग नियमित रूपमा बचत खातामा जम्मा गर्नुहोस् ।

३. वैधानिक माध्यम: विदेशमा कमाएको रकम बैंकिङ प्रणाली, रेमिट्यान्स सेवा वा अन्य वैधानिक माध्यमबाट मात्र नेपाल पठाउनुहोस् । हुण्डीको माध्यम वा अन्य माध्यमबाट पठाउँदा त्यसको असर नेपालको अर्थतन्त्रमा पर्छ । जसको कारण तपाइँलाई १/२ हजार नाफा भए पनि देशको अर्थतन्त्र, आर्थिक बेथिति र भ्रष्टाचारमा सहयोग मिलिरहेको हुन्छ । साथै अबैधानिक माध्यमबाट पठाएको पैसा अबैधानिक भएको हुनाले पछि समस्या आउन सक्छ । 

४. बचत गर्नुहोस्: बीमा, सामाजिक सुरक्षा कोष वा निश्चित बचत योजना जस्तै आवधिक जमाना (Fixed Deposit) मा लगानी गर्नुहोस् ।

५. लगानी: बचतलाई जग्गा-जमिन, साना व्यवसाय, शेयर बजार वा अन्य उत्पादनशील क्षेत्रमा लगानी गरेर बढाउने योजना बनाउनुहोस् ।

६. आपतकालीन कोष : आकस्मिक परिस्थिति जस्तै स्वास्थ्य समस्या वा रोजगारी गुम्ने अवस्थामा उपयोग गर्न सकिने गरी छुट्टै आपतकालीन कोष राख्नुहोस् । यस्तो कोष पछि कुनै पनि परिस्थितिमा उपयोग गर्न सकिन्छ । 

७. परिवारलाई सुझाव: परिवारलाई अनावश्यक खर्च नगर्न प्रेरित गर्नुहोस् र कमाएको पैसा बचत तथा दीर्घकालीन योजनाका लागि प्रयोग गर्न सहकार्य गर्नुहोस् । घरमा पैसा पठाउँदा निश्चित आवश्यक रकम मात्र पठाएर बाँकी रकम बचत गर्नुहोस् । 

८. आर्थिक परामर्श: वित्तीय परामर्शदातासँग सल्लाह गरी आफ्नो कमाइको प्रभावकारी बचत र लगानीको योजना बनाउन सकिन्छ ।
विदेशमा कमाएको रकमलाई सही तरिकाले बचत गर्नाले तपाईंको आर्थिक सुरक्षाको आधार बलियो हुन्छ । यो केवल आफ्नो जीवन मात्र होइन, परिवारको भविष्य सुधार्न र देशको आर्थिक प्रगति गर्न पनि महत्त्वपूर्ण हुन्छ ।

Call Us

-

Location

-

Related Orientaion