जापानमा हुण्डी कारोबार बढिरहेको तथ्यले नेपालबाट वैदेशिक रोजगारमा जापान जाने युवाहरुलाई थप चुनौतीपूर्ण र महँगो बनाइरहेको छ । हुण्डीको कारण वैदेशिक रोजगार प्रक्रियामा पर्ने प्रभावलाई अनदेखा गर्नु हुँदैन । हुण्डीले औपचारिक बैंकिङ प्रणालीलाई बाइपास गर्ने भएकाले वैदेशिक रोजगार प्रक्रिया कम पारदर्शी बन्छ । रोजगार प्रक्रिया पारदर्शी नहुँदा मनपरी अशुली हुन्छ ।
पछिल्लो समय जापानमा रहेका नेपालीहरुले हुण्डीको कारोबार बढाउँदा त्यसको असर जापान जाने कामदारलाई परिरहेको पाइएको छ । जापानमा नेपाली कामदार लिनेहरुले नेपालबाट जानेहरुसँग चर्को अशुली गरेर उक्त अशुली भएको रकम जापानमा हुण्डीको पैसाबाट मिलाउने गरिएको पाइएको छ । साथै हुण्डी बढ्दा कयौं अवैध आर्थिक क्रियाकलाप बढ्ने गरेको छ ।
हुण्डी कारोबार अवैध हो । भविष्यमा नेपालमा सम्पति सुद्धिकरण सम्बन्धित कानुन व्यवहारिक रुपमा लागू भएमा जापानमा दु:ख गरि कमाएको पैसाको स्रोत देखाउन नसक्दा समस्या आउन सक्ने कुरामा समयमै चनाखो हुनुपर्छ । हुण्डी गरेर करोडौं रकम पठाउने तर सोको आधिकारिक स्रोत देखाउन नसक्दा कानुनी कारवाहीमा पर्ने सम्भावना बढ्ने देखिन्छ । साथै हुण्डी कारोबारले बेथितिजन्य गतिबिधि बढ्न गई राष्ट्र बिकासमा समेत ठूलो प्रभाव पारिरहेको छ ।
जापानमा बैंकिङ च्यानल, रेमिट्यान्स सेवा र डिजिटल भुक्तानी माध्यम प्रयोग गरेर पैसाको आदानप्रदान गर्न सहजता छ । जापानमा नेपाली कामदारहरुले सकेसम्म हुण्डीको कारोबारलाई रोक्दै लैजानु पर्छ । हुण्डी कारोबारको जोखिम र औपचारिक प्रणालीको फाइदाबारे युवाहरु सचेत हुन जरुरी छ । त्यसो त नेपालमा हुण्डी कारोबारलाई निरुत्साहित गर्न सरकारद्वारा कडा कानूनी व्यवस्थाको कार्यान्वयन गर्नुपर्ने देखिन्छ ।
साझा सवाल मिडियाले जापानमै पुगेर जापान स्थिति जेएमई रेमिटका संचालक तथा गैर आवासिय नेपाली संघ जापानका पुर्व अध्यक्ष ओम गुरुङसँग जापानमा हुण्डी कारोबारसंगै बिबिध बिषयमा आधारित रहेर अन्तर्वार्ता लिएको छ ।
-
Something went wrong.