श्रम स्वीकृति र नवीकरण

पुनःश्रमस्वीकृती (Labour Approval renew) कसरी लिन सकिन्छ ? 6452 views

पुनःश्रमस्वीकृती (Labour Approval renew) कसरी लिन सकिन्छ ?

एकपटक वैदेशिक रोजगारीमा गई फर्कि बिदामा आएका वा विदेशबाटै श्रम स्वीकृतिको म्याद सकिएर पुन: श्रम स्वीकृति लिन चाहेका नेपाली कामदारहरुले श्रम स्वीकृती नवीकरण गराउन सक्दछन् । पहिले लिएको श्रम स्वीकृतिको बहाल म्याद ९० दिन भन्दा कम छ वा म्याद नागिसकेको छ भने पुन: श्रम स्वीकृतिको लागि अनलाइनबाटै आवेदन दिन सकिन्छ ।  अनलाइन माध्यमबाट पुनः श्रम स्वीकृती प्राप्त गर्न सकिन्छ :-

वैदेशिक रोजगार विभागमा पाइने पुनः श्रम स्वीकृती फारम भर्ने, भिसासहितको पासपोर्टको फोटोकपी आगमन देखिने कागज पेश गर्ने,

कम्तीमा करार अवधिभरको लागि आफ्‌नो उमेर अनुसार पन्ध्र लाख रुपैया बराबरको बीमा गराएको प्रमाणित कागज पेश गर्ने,

कल्याणकारी कोषमा करार अवधिअनुसार (तीन वर्षसम्मको करार अवधि भए १,५०० रुपैया तथा तीन वर्षभन्दा बढी अवधिको करार भए २,५०० रुपैयाँ) रकम जम्मा गरेको

रसिद पेश गर्ने।

Call Us

+97715909671

Location

Tahachal, Kathmandu, Nepal

Related Orientaion