निशुल्क सीप तालिमको बारेमा जानकारी आप्रवासी स्रोत केन्द्र, वैदेशिक रोजगार बोर्ड तथा श्रम कल सेन्टरको नम्वर (1141) मा कल गरेर पाउन सकिन्छ । सामी मार्फत उपलब्ध हुने सीप तालिमको जानकारीको लागि 9840248034 मा सम्पर्क गर्न सक्नुहुन्छ ।
- सुरक्षित आप्रवासन (सामी) कार्यक्रमले पुरुष तथा महिलाका लागि विभिन्न विषयमा खाने बस्ने सुविधा सहितको ३० दिने निशुल्क तालिम उपलब्ध गराईरहेको छ ।
- वैदेशिक रोजगार बोर्डले समेत विभिन्न ट्रेड (विषय)मा नि:शुल्क सीप तालिम उपलब्ध गराउँछ ।
- तालिम जीवन उपयोगी सीप तथा स्वास्थ्य सम्बन्धि जानकारी समेत दिइन्छ ।