तालिम, सीप तथा सिकाइ (Training Info)

सीप सिकेर मात्र वैदेशिक रोजगारमा जानुहोस्, यसरी जोडिनुहोस् 1077 views

सीप सिकेर मात्र वैदेशिक रोजगारमा जानुहोस्, यसरी जोडिनुहोस्

 ‭स्वदेशमा नै रोजगारी गरौं, वैदेशिक रोजगारीमा जाने ने भए सही सूचना लिएर र सीप सिके र मात्र जाऔं । ‬

‭वैदेशिक रोजगारीमा जान चाहने युवालाई लक्षित गरी उच्च माग भएका क्षेत्रमा वैदेशिक रोजगार बोर्डबाट निःशुल्क आवासीय तथा गैर आवासीय सीप विकास तालिम सञ्चालन गर्दै आएको छ । साथै सुरक्षित‬ आप्रवासन कार्यक्रमको निःशुल्क आवासीय सीप तालिम पनि उपलब्ध छ ।‬

‭सीप सिकेर वैदेशिक रोजगारमा जाँदा हुने फाइदाहरू‬:

  • गन्तव्य मुलुकमा आफूले गर्ने काम (ट्रेड) सम्बन्धी विषयमा ज्ञान, सीप सिके र जाँदा व्यवस्थित, सुरक्षित एवं‬‭ सहज तरिकाले काम गर्न सकिन्छ ।
  • ‬‭कार्यस्थल तथा व्यक्तिगत सुरक्षा सम्बन्धी जानकारी प्राप्त हुँदा आफू सुरक्षित भई काम गर्न सकिन्छ । ‬
  • ‬‭काममा दक्षता हुँदा तलव बढी पाउने सम्भावना हुन्छ । आफूले राम्रो काम गर्न सकेमा पछि काममा विज्ञता‬ ‭हुने थप सीप सिक्ने अवसर पनि पाइन्छ । ‬
  • ‬‭काममा दक्ष भएमा खतरा / जोखिम कम हुन्छ ।‬
  • ‬‭काम राम्रोसँग गर्न जानेमा सम्मान प्राप्त हुन्छ । ‬
  • ‬‭विदेशबाट फर्के पछि स्वदेशमा पनि सिकेको ज्ञान सीपको उपयोग गर्न सकिन्छ । ‬
  • ‬‭सीप सिके र कामगर्दा आम्दानी बढ् छ साथै जीवनस्तरमा सुधार हुन्छ । ‬
  • ‬‭विदेशमा कमाएको पैसालाई विलासिता र घरजग्गा खरिदमा मात्र खर्च नगरी उत्पादनशिल क्षेत्रमा उपयोग‬‭ गरेमा आफू मात्र होइन अरुलाई पनि रोजगारी दिन सकिन्छ ।‬

‭वैदेशिक रोजगार बोर्डद्वारा निम्न विषयहरूमा निःशुल्क एक महिने आवासीय तथा गैर आवासीय तालिम उपलब्ध‬ गराईदै आएको छ । ‬‭

इलेक्ट्रिसियन, प्लम्बिङ्ग, मेसन, शटरिङ्ग कार्पेन्टर, स्काफोल्डर, स्टिल फिक्सर, वेल्डीङ्ग, आलुमिनियम फेब्रिके टर,‬ ‭हाउस पेन्टर, सेक्युरिटि गार्ड, कुक, वेटर, हाउसकिपिङ्ग, ब्यूटिसियन, फ्रन्ट अफिस गार्मेन्ट मेशिन अपरेटर केयर‬‭गिभर, फर्निचर मेकर, टायल मार्वल कटिड/फिटिङ ।‬

‭निःशुल्क तालिममा सहभागी हुन आवश्यक पर्ने कागजातहरू‬

  • नागरिकता‬
  • ‬‭शैक्षिक योग्यता : विषयगत रूपमा तालिम अनुसार‬
  • उमेर १८ वर्ष पूरा भएको ।‬
  • महिला, आदिवासी, जनजाति, सिमान्कृत, दलितलाई विशेष ग्राहयता‬

निःशुल्क आवासीय तालिममा सहभागी हुन आवश्यक पर्ने कागजातहरू‬

  • ‬‭नागरिकता‬
  • पासपोर्ट वा पासपोर्ट बनाउने प्रकृयामा भए पासपोर्ट बनाउन दस्तुर बुझाएको रसिद
  • शैक्षिक योग्यताः विषयगत रूपमा तालिम अनुसार फरक हुने‬
  • ‬‭निरोगिताको प्रमाणपत्र (स्वीकृ त प्राप्त स्वास्थ्य संस्थाबाट)‬
  • अन्तर्वार्ताबाट छनौट भएकालाई मात्र तालिममा सहभागी गराइने‬
  • पुरुष सहभागीहरुले सेफ्टी बुट आफै खरिद गर्नुपर्ने।‬
  • उमेरको हदः महिला १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेकाः पुरुष १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको।‬
  • गर्भवती तथा २ वर्षभन्दा सानो बच्चा भएका महिलालाई तालिममा सहभागी नगराइने ।‬

‭आवासीय तालिम सम्बन्धी थप जानकारीहरू‬

  • ‬‭तालिम अवधि कम्तीमा ३० दिनको (१६० घण्टा वा सो भन्दा माथि) हुनेछ।‬
  • ‬‭वैदेशिक रोजगारीमा लेबरको रूपमा काम गरे र फर्कि एका व्यक्तिहरु पनि तालिममा समावेश हुन सक्नेछन्‬
  • ‬‭तालिम अवधिभर निःशुल्क बस्न र खान पाइनेछ। तालिममा अतिरिक्त शुल्क लाग्ने छै न।‬
  • ‬‭तालिम पश्चात अनिवार्य रूपमा सीप परीक्षण गरिने छ ।‬
  • ‬‭तालिममा सम्बन्धित सीपका साथै जीवन उपयोगी सीपहरू जस्तैः विदेशमा रहन सहनका लागि आवश्यक‬ ‭ज्ञान, परिवार व्यवस्थापन, पैसाको व्यवस्थापन, स्वास्थ्य सम्बन्धि जानकारी गराइनेछ।‬

‭सामी कार्यक्रम अन्तर्गत निम्न ९ वटा विषयहरूमा काठमाडौं, जनकपुर, झापा, पोखरा र बुटवलमा निःशुल्क‬‭ आवासीय तालिम सञ्चालन हुने गरेका छन् ।‬

इण्डष्ट्रि यल इलेक्ट्रिसियन, प्लम्बिङ्ङ्ग, शटरिङ्ग कार्पेन्टर, स्काफोल्डर (पुरुषका लागि) तथा हाउस क्लिनर/ किपिङ्ग,‬ ‭गार्मेन्ट मेशिन अपरे टर (महिलाहरुका लागि मात्र), स्टिल फिक्सर, पाइप फिटिङ् र वेल्डिङ ।‬

सम्पर्कका लागि:‬

‭Gmail:‬‭ [email protected]
‭Facebook:‬‭ www.facebook.com/molcallcenter‬
Twitter:‬‭ www.twitter.com/mol

Call Center‬

Phone number :‬‭ +९७७-९८०१८००१३, +९८५१३४७२२२, +977-01-5970008 (शुल्क लाग्ने), ११४१,‬ १६६००१५०००५ (NTC बाट निःशुल्क)‬

‭ Viber:‬‭ +९७७-९८०१८००१३, ९८५१३४७२२२‬
‭ Whatsapp :‬‭ +९७७-९८०१८००१३, ९८५१३४७२२२‬
‭ Imo:‬‭ +९७७-९८०१३००३३, ९८५१३४७२२२‬
‭श्रम कल सेन्टर: ११४१‬ (NTC बाट फोन गर्दा पैसा नलाग्ने‬‭) टोल फ्री नम्बर: 16600150005)‬

‭पुनश्चः सुरक्षित वैदेशिक रोजगार सम्बन्धी चप जानकारीको लागि नजिकको जिल्ला प्रशासन कार्यालय वा ईलाका‬ ‭प्रशासन कार्यालयमा रहेको आप्रवासी स्रोत केन्द्र उप केन्द्रमा सम्पर्क गर्नु होला ।‭नेपाल सरकार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय वैदेशिक‬ ‭रोजगार बोर्डको सचिवा बबरमहल, काठमाडौं , नेपाल, फोन नं: ०१-५३२०३११,‬‭ ०१-५३२०४३३,‬‭ ईमेल: [email protected] वेभसाइट: www.feb.gov.np 

Call Us

-

Location

-

Related Orientaion