बैदेशिक रोजगार वोर्ड (FEB)

वैदेशिक राेजगारीमा गइ मृत्यु भएका कामदारका हकवालाले दिने निवेदनकाे ढाँचा br2 621 views

वैदेशिक राेजगारीमा गइ मृत्यु भएका कामदारका हकवालाले दिने निवेदनकाे ढाँचा br2

वैदेशिक रोजगारमा श्रम स्वीकृति लिएर गएको कुनै पनि नेपाली श्रमिकले श्रम स्वीकृतिको अवधि बाँकी रहेकै समयमा बिदेशमा रोजगारको शिलशिलामा मृत्यु भएमा वैदेशिक रोजगार बोर्ड मार्फत मृतकका परिवारले आर्थिक सहायता प्राप्त गर्दछन् । यसरी आर्थिक सहयोग प्राप्त गर्न वैदेशिक रोजगार बोर्डमा निवेदन पेश गर्नुपर्छ । निवेदनको ढाँचा तल डाउनलोड गर्न सक्नुहुनेछ ।  

विदेशमा मृत्य भएको कामदारको परिवार (हकवाला) ले निवेदन दिंदा पेश गर्नुपर्ने कागजातहरु र विवरणहरु: 

१. स्थानीय तहले प्रदान गरेको मृत्यु दर्ता प्रमाणपत्रको प्रतिलिपि 

२. विदेशस्थित रोजगारदाता कम्पनी, नियोग/अस्पतालको मृत्यु भएको प्रमाण र प्रज्ञापन पत्र/विदेश वा स्वदेशमा उपचार गराएको भए उक्त कागजातको प्रतिलिपि 

३. कामदारको नागरिकता र राहदानीको प्रतिलिपि 

४. हकवालाको नागरिकता/नाता प्रमाणित र अविवाहित भए स्थानीय तहबाट अविवाहितको सिफारिस समेतको प्रतिलिपि 

५. स्थानीय तहबाट हकवाला खुलेको फोटो समेतको किटानी सिफारिस 

६. हकवालाको बैंक खाता खुल्ने कागजातको प्रतिलिपि 

७. अन्य आवश्यक कागजातको प्रतिलिपि (मन्जुरीनामा, सर्जमिन मुचुल्का आदि)

निवेदन फारम डाउनलोड गर्नुहोस् CLICK HERE 

 

Location

बबरमहल, काठमाण्डाैं, नेपाल

Related Orientaion