वैदेशिक रोजगार अभिमुखिकरण (Orentation)

वैदेशिक रोजगारमा प्रस्थान गर्नु अघि घरपरिवारको साथमा छोड्‌नुपर्ने महत्वपूर्ण कागजातहरु 488 views

वैदेशिक रोजगारमा प्रस्थान गर्नु अघि घरपरिवारको साथमा छोड्‌नुपर्ने महत्वपूर्ण कागजातहरु

वैदेशिक रोजगारमा प्रस्थान गर्नु अघि कामदारले आफ्‌नो घरपरिवारको साथमा छोड्‌नुपर्ने महत्वपूर्ण कागजातका प्रतिलिपीहरू :

- आफ्‌नो पासपोर्ट र नेपाली नागरिकता,

- वैदेशिक रोजगार विभागबाट लिएको श्रमस्वीकृती,

- स्वास्थ्य परीक्षण गराएको निरोगिताको प्रमाणपत्र,

- अभिमुखीकरण लिएको प्रमाणपत्र,

- म्यानपावर संस्थालाई तिरेको रकमको भर्पाइ,

- रोजगारदातासँग गरेको करार सम्झौता,

- बीमा गराएको कागजात,

- कल्याणकारी कोषमा रकम जम्मा गरेको प्रमाण, आदि ।

- आफूले विदेशमा रही काम गर्ने कम्पनीको नाम, ठेगाना, सम्पर्क नम्बर र कामको विवरण,

- आफूलाई महत्वपूर्ण लागेका अन्य महत्वपूर्ण कागजातहरु,

किन छाड्ने ?

उल्लेखित कागजातहरुले कामदारलाई वैदेशिक रोजगारको क्रममा आइपर्ने समस्या तथा कठिनाईको अवस्थामा पाइने सहयोगका लागि सहजता प्राप्त हुनेछ ।

Call Us

1141

Location

Babarmahal, Kathmandu, Nepal

Related Orientaion