वैदेशिक रोजगार अभिमुखिकरण (Orentation)

वैदेशिक रोजगारमा VISA सम्बन्धि सामान्य जानकारी 515 views

वैदेशिक रोजगारमा VISA सम्बन्धि सामान्य जानकारी

मिसा भनेको के हो ?

कुनै एउटा मुलुकले अर्को मुलुकका नागरिकलाई कुनै निश्चित प्रयोजन एवम् अवधिका लागि आफ्‌नो मुलुकमा आउनका लागि प्रदान गरिने अनुमतीलाई भिसा (Visa) भनिन्छ। यसलाई नेपालीमा प्रवेशाज्ञा भनिन्छ। भिसा निश्चित प्रयोजनका लागि दिइन्छ । यस्ता प्रयोजनमा घुमफिर गर्ने (Tourist), काम गर्ने (Working), अध्ययन गर्ने (Study), व्यवसायिक (Business) आदि पर्दछन् ।

कस्तो भिसामा वैदेशिक रोजगारमा जाने ?

Working भिसामा मात्र वैदेशिक रोजगारमा जानुपर्दछ । यो बाहेक अन्य भिसामा वैदेशिक रोजगारमा जानु हुदैन । Working भिसा बाहेक अन्य भिसामा कसैले वैदेशिक रोजगारमा लाने प्रलोभन देखाएमा यसमा ठगीको नियत हुनसक्छ । त्यसैले यस विषयमा तुरुन्त नजिकैको स्थानीय प्रशासनमा खबर गर्नुपर्दछ ।

Call Us

1141

Location

Babarmahal, Kathmandu, Nepal

Related Orientaion