वैदेशिक रोजगार अभिमुखिकरण (Orentation)

वैदेशिक रोजगारमा अभिमुखिकरण तालिम सम्बन्धि जानकारी 470 views

वैदेशिक रोजगारमा अभिमुखिकरण तालिम सम्बन्धि जानकारी

बैदेशिक रोजगारमा जान चाहने व्यक्तिले सिक्नैपर्ने आधारभूत ज्ञान प्रदान गर्ने उद्देश्यले यो तालिम संचालन गरिन्छ । तालिमबाट सामान्य जानकारी मात्र राख्दा पनि कामदार सुरक्षित हुन सक्छ ।

विदेश जाने व्यक्तिले यो तालिम लिनका लागि :-

  • वैदेशिक रोजगार विभागबाट अनुमती प्राप्त अभिमुखिकरण संस्थाबाट लिनुपर्छ, अभिमुखिकरण तालिमको अवधि २ कार्यदिनको हुन्छ,
  • वैदेशिक रोजगारका लागि छनोट भएका प्रत्येक कामदारले रोजगारीमा प्रस्थान गर्नुअघि लिनुपर्छ, अभिमुखिकरण तालिम लिएको प्रमाणपत्र पेश नगरी वैदेशिक रोजगारीमा जान पाइदैन,
  • काठमाण्डौं उपत्यकामा र उपत्यका बाहिरका विभिन्न जिल्लाहरुमा अनुमती प्राप्त अभिमुखिकरण संस्थाहरु छन् । तीमध्ये जुनसुकै संस्थाबाट तालिम लिन सकिन्छ,
  • ७ सय रुपैया तिरी उक्त तालिम लिन सकिन्छ,
  • महिला कामदारले तालिम लिँदा तिरेको रु ७ सय वैदेशिक रोजगार बोर्डको सचिवालयबाट फिर्ता दिइन्छ,

अभिमुखिकरण तालिमबाट निम्न विषयहरुमा जानकारी हाँसिल गर्न सकिन्छ :-

  • नेपालको वैदेशिक रोजगार कानून सम्बन्धी,
  • रोजगारीमा जाने मुलुकको भौगोलिक स्थिति, संस्कृति, रहनसहन, आर्थिक, सामाजिक र राजनैतिक अवस्था सम्बन्धी,
  • रोजगारीमा जाने मुलुकको भाषा सम्बन्धी,
  • रोजगारमा जाने मुलुकको श्रम, अध्यागमन कानून तथा ट्राफिक नियम सम्बन्धी,
  • एच.आई.भी./एड्स, सरुवा रोग, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी,
  • व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य सम्बन्धी,
  • सहज र सुरक्षित यात्रा सम्बन्धी,
  • कामदारको आचरण, व्यवहार र सुरक्षा सम्बन्धी,
  • विदेशमा कमाएको आय सरल, सहज र सुरक्षित रुपमा नेपाल पठाउने सम्बन्धी, आदि ।

तालिम आफ्‌नै सुरक्षाका लागि भएकाले विदेश जाने व्यक्तिले अनिवार्यरुपमा यो तालिम लिनुपर्दछ ।

Call Us

1141

Location

Babarmahal, Kathmandu, Nepal

Related Orientaion