वैदेशिक रोजगार ऐन, २०६४ बमोजिम वैदेशिक रोजगारमा जाने कामदारले अनिवार्य रुपमा पूर्व प्रस्थान अभिमुखीकरण तालिम (PDOT) लिनुपर्ने व्यवस्था छ ।
✓ वैदेशिक रोजगारमा जाने सोच बनाएदेखि नै कुन देश जाने हो मोको बारेमा नामान्य जानकारी भए तापनि यस पूर्व प्रस्थान अभिमुखीकरण तालिममा अरू धेरै विषयमा जानकारी प्राप्त हुन्छ ।
✓ यो तालिम २ दिन (१० घण्टा) को हुन्छ । महिलाको लागि थप १ घण्टाको हुन्छ ।
✓ महिलाहरुले अभिमुखिकरण तालिम लिदा लिदा तिर्ने शुल्क (रु. ७००/-) वैदेशिक रोजगार बोर्ड, बबरमहल गएर फिर्ता पाउन सकिन्छ । यसका लागि तालिम केन्द्रले शुल्क लिएको नक्कल रसिद, तालिम प्रमाणपत्रको प्रतिलिपि, श्रम स्वीकृतिको प्रतिलिपि र पासपोर्टको प्रतिलिपि राखेर निवेदन दिनुपर्छ । लगत्तै यस्तो रकम नगदे पाउने व्यवस्था छ ।
✓ वैदेशिक रोजगार विभागवाट अनुमती प्राप्त संस्थाहरूबाट मात्र अभिमुखीकरण तालिम लिनुपर्दछ ।
अभिमुखीकरण तालिमबाट मुख्यतया निम्न लिखित विषयहरूको जानकारी पाउन सकिन्छ :-
१) वैदेशिक रोजगार शिक्षा,
२) नेपालको विद्यमान वैदेशिक रोजगार ऐन तथा नियम,
३) अत्यावश्यक कागजातहरू र सोको व्यवस्थापन, घ। प्रस्थान प्रक्रिया,
४) काम गर्न जाने देशको कम्पनीमा पुगेपछि ध्यान दिनुपर्ने कुराहरू,
५) कामदारको आचरण, स्वभाव र व्यवहार,
६) तनाव व्यवस्थापन
७) पुंजी, प्रविधि र सीपको स्वदेशमा लगानी,
८) विदेशमा रहंदा सहयोगी निकाय, आदि ।
Babarmahal, Kathmandu, Nepal
Something went wrong.