रञ्जित कुमार माझी झापाको दमकमा विद्युत जडानसम्बन्धी काम गर्दै थिए । यस कामबाट उनी सामान्य कमाइ मात्र गर्थे । उनको परिवार ठूलो थियो । बुबा र उनी बाहेक अरूको कमाइ थिएन । उनको घर व्यवहार दुःखले चलेको थियो । गत वर्ष कतारको दोहा स्थित अवराज इन्टरनेशनल भन्ने कम्पनीले नेपालबाट पनि कामदार मागेको रहेछ । यस कम्पनीले विद्युत जडानका लागि पनि २ जना कामदारहरू मागेको रहेछ । नेपाल सरकारबाट इजाजत प्राप्त रोजगार व्यवसायी संस्थासँग सम्पर्क राखी आफू कतार जाने प्रक्रिया अगाडि बढाउँदा उनी जान पाउने भएछन् ।
उनले कतार जाने तयारी निम्नानुसार गरे:
म्यानपावरले भने अनुसारको तयारी अन्तर्गत लाग्ने शुल्कको इन्तजाम ।
आफू हिँडेको ३ महिना सम्मका लागि परिवारलाई चाहिने खर्चको व्यवस्थापन ।
कतारको हावापानी (गर्मी) अनुसारका लुगा ।
झोला र आफूले लाने अरू सामानहरूको व्यवस्था ।
परिवारका सदस्यहरूसँग छलफल र सरसल्लाह ।
आफन्तहरूसँग भेटघाट र भलाकुसारी ।
सुरक्षित यात्रा गर्ने योजना ।
कतारको विमानस्थलबाट कम्पनीसम्म पुग्ने योजना । कम्पनी मालिकसँग गरिने कुराकानीको रिहर्सल ।
कम्पनीमा रहेर गरिने कामको योजना ।
कम्पनी मालिकलाई खुशी पार्ने योजना ।
कार्य दक्षता बढाउने प्रयास ।
एच आइ भी र अन्य यौन संक्रमणबाट बच्ने योजना ।
विदेशमा आफू अन्यायमा पर्दा गर्नुपर्ने प्रयाससम्बन्धी सोच ।
घरमा पैसा पठाउने माध्यम र तरिका बारे जानकारी संकलन ।
यसरी तयारी गरेर उनी कतार गए । कम्पनीलाई फाइदा हुने किसिमले काम गर्न उनलाई आफूले पहिले नै बनाएको योजना र तयारीले खुब मद्धत गरेको छ । शुरुमा रु. ४० हजार जति प्रति महिना पारिश्रमिक दिने त्यस कम्पनीले हाल रञ्जितलाई रु. 6५ हजार दिन थालेको छ ।
अहिले रञ्जितका घरको आर्थिक अवस्था राम्रो छ । रंजितलाई कतारबाट नेपाल पैसा पठाउँदा हुण्डी गर्न हुँदैन भन्ने थाहा छ । उनले रेमिट्यान्स गरेर मात्र पैसा पठाउँछन् । रंजितको श्रीमती निकै चलाख छिन् । उनले श्रीमानको सल्लाह अनुसार आफ्नो श्रीमानले पठाएको मासिक रकमबाट हरेक महिना रु २३०८ रुपयाँ सामाजिक सुरक्षा कोषमा जम्मा गरिदिने गरेकी छन् । अनि मासिक २० देखि २५ हजार रंजितकै बैंक खातामा फिक्स सेभिङ गरिदिने गरेकी छन् । यसरी बचत गरेको रकमनै २ लाख भन्दा बढी पुगिसकेको छ । सामाजिक सुरक्षा कोष र बैंकमा फिक्स सेभिङ गरेर बाँकी रहेको पैसाले रंजितको छोरीले स्कुल खर्च र घर परिवार मज्जाले चलेको छ । त्यसो त मासिक रेमिट्यान्स पठाएर देश समेत चल्नमा रंजितको ठूलो योगदान छ ।
Babarmahal, Kathmandu, Nepal
Something went wrong.