स्वास्थ्य जानकारी (Health)

वैदेशिक रोजगार: यी हुन् रोग निम्त्याउने कामहरु (Cause of diseases) 444 views

वैदेशिक रोजगार: यी हुन् रोग निम्त्याउने कामहरु (Cause of diseases)

रोग निम्त्याउन सक्ने कमहरु निम्न छन् ।  

कपडा उद्योग

लाग्न सक्ने रोगहरू: दम, टि.बी., ब्रो‌ङ्काइटिक्स

अपनाउनु पर्ने सुरक्षात्मक उपाय: मास्क लगाउने ।


सीसा उद्योग

लाग्न सक्ने रोगहरू: धेरै तापका कारण लाग्ने रोगहरू

अपनाउनु पर्ने सुरक्षात्मक उपाय: चिसो पानी, कोल्डड्रिङ्क्स् धेरै खाने, नियमित रूपले नुहाउने, ग्लोब लगाउने ।


मरकरी उद्योग

लाग्न सक्ने रोगहरू: क्यान्सर

अपनाउनु पर्ने सुरक्षात्मक उपाय: ग्लोब लगाउने ।


ग्रील उद्योग

लाग्न सक्ने रोगहरू: आँखासम्बन्धी रोग
अपनाउनु पर्ने सुरक्षात्मक उपाय: चस्मा लगाउने ।

आणविक भट्टी

लाग्न सक्ने रोगहरू: क्यान्सर
अपनाउनु पर्ने सुरक्षात्मक उपाय: यस्तो काममा सम्झौता नगर्ने ।

युरेनियम प्रशोधन

लाग्न सक्ने रोगहरू: विभिन्न
अपनाउनु पर्ने सुरक्षात्मक उपाय: यस्तो काममा सम्झौता नगर्ने ।

एक्सरे क्लिनिक

लाग्न सक्ने रोगहरू: क्यान्सर सम्म हुन सक्ने
अपनाउनु पर्ने सुरक्षात्मक उपाय: लाइटबाट बच्ने ।

स्काफहोल्डिङ

लाग्न सक्ने रोगहरू: लड्न सक्ने, मृत्यु  
अपनाउनु पर्ने सुरक्षात्मक उपाय: कम्मरपेटी बाँध्ने, हेलमेट लगाउने

मेशिन अपरेटर

लाग्न सक्ने रोगहरू: औला, हात, खुट्टा, टाउको काटिने, थिचिने   
अपनाउनु पर्ने सुरक्षात्मक उपाय: चलाख दिमाग

तेल प्रशोधन

लाग्न सक्ने रोगहरू: जन्डिस (पहेले), टाइफाइड, श्वास (प्रश्वाससम्बन्धी रोग   
अपनाउनु पर्ने सुरक्षात्मक उपाय: माक्स, ग्लोब, एप्रोन, चस्मा लगाउने ।

ग्याँस प्रशोधन

लाग्न सक्ने रोगहरू: श्वास (प्रश्वास (दम, निमोनिया) जन्डिस, झाडा पखाला
अपनाउनु पर्ने सुरक्षात्मक उपाय: मास्कको प्रयोग, एप्रोन लगाउने ।

विषादि उत्पादन उद्योग

लाग्न सक्ने रोगहरू: शरीरका सम्पूर्ण अङ्गमा प्रत्यक्ष तथा अप्रत्यक्ष असर
अपनाउनु पर्ने सुरक्षात्मक उपाय: बाक्लो मास्कको प्रयोग, ठूलो चस्माको प्रयोग । अन्तर्राष्ट्रिय मापदण्डको समयभन्दा बढी काम नगर्ने ।

पाम आयल सङ्कलन

लाग्न सक्ने रोगहरू: सर्पको डसाइ, रूखबाट चिप्लेर लड्ने  
अपनाउनु पर्ने सुरक्षात्मक उपाय: गमवुट, ग्लोब, डोरीको प्रयोग, बत्तीको प्रयोग गर्ने ।


रोग लाग्न सक्ने अरू कामहरू तल दिइएका छन् :

  • पेट्रोल खानी, यसको प्रशोधन र भण्डारण
  • सेरामिक्स
  • कपडा रङ लगाउने
  • वेल्डिङ र इलेक्ट्रो कोडिङ
  • मसी उद्योग
  • म्यागनिजको खानी
  • पेन्टिङ
  • छालाको सामान बनाउने
  • सिलेवर र अरू धातुको काम
  • ड्राइसेल ब्याट्रीको उद्योग
  • मल कारखाना
  • स्टिल उद्योग
  • कीटनासक औषधी कारखाना

जोखिम छ भनेर जुनसुकै कामसँग डराउनु पनि हुँदैन । त्यसो गर्न थाल्यो भने सबै कामलाई जोखिमपूर्ण छन् भन्न थालिन्छ । मानिस सधैं स्वस्थ नै रहिरहन्छ भन्न सकिँदैन । आफ्नै कारणले बिरामी हुन पनि सकिन्छ । आफूले गर्ने कामको प्रकृति हेरेर त्यसले शरीरमा पार्न सक्ने असरलाई मध्यनजर राखी सुरक्षाका उपायहरू अनिवार्य रूपमा अपनाउनु पर्छ । कन्स्ट्रक्सन अन्तर्गत काम गर्नेले हेलमेट र बुट, कपडा उद्योगमा काम गर्नेले मास्क, ग्रिल उद्योगमा काम गर्नेले चस्मा लगाउनु यसका उदाहरणहरू हुन् । 


काम गर्दा हुन सक्ने दुर्घटनाबाट बच्न निम्नानुसारका सावधानीहरू अपनाउन भुल्नु हुँदैन :

  • सुरक्षा नियमहरूको पालनामा हेलचेक्र्याइँ नगर्ने ।
  • काम गर्ने स्थानमा भिडभाड नगर्ने र गर्न नदिने ।
  • राम्ररी निरीक्षण गरेर ठीक छ भन्ने यकिन गरेर मात्र मेशिन चलाउने ।
  • सुरक्षा व्यवस्था गरेर मात्र मेशिन चलाउने ।
  • नजानेको उपकरण नचलाउने ।
  • चनाखो रहने, अल्छी नबन्ने ।
  • दुर्घटनाका छेकबारहरू प्रयोग गर्ने ।
  • मेशिन चलाउँदा अरू कुरामा ध्यान नदिने ।
  • खुट्टा जोडेर, घुँडा जोडेर मेशिन चलाउने वा भारी उचाल्ने काम नगर्ने । 

प्राथमिक उपचार

    वैदेशिक रोजगारमा गएर काम गर्दा दुर्घटनामा आफू र सहकर्मी साथीहरू पर्न सक्छन् । आफू घाइते भएर साथीहरूबाट आफ्नो प्राथमिक उपचार गराउँदा र आफूले साथीहरूको गर्दा निम्न कुरामा ध्यान दिनुपर्ने हुन्छ :

    • घाइतेको प्राथमिक उपचार गर्नुपूर्व आफ्ना हातमा ग्लोब लगाउनु अनिवार्य रूपले पर्छ । नत्र भने एच आइ भी संक्रमणको जोखिम हुन्छ ।
    • घाउमा दिसा, पिसाव, एसिड, टिचर आयोडिन, माटो, हिलो प्रयोग गर्नु अत्यन्तै डरलाग्दो हुन्छ । रगत रोक्नका लागि मान्छेहरूले त्यसो गरेका घटनाहरू प्रशस्तै छन् । सेप्टिक, टिटानस, क्यान्सर हुने सम्भावना यस्ता व्यवहारहरूले निम्त्याउँछन् 
    • ग्लोब लगाएर सफा पानीले घाइतेको घाउ धोएर, सफा कपडाले घाउ बाँधेर अस्पताल वा अरू नै उपचार केन्द्रमा लानु पर्छ ।
    • सफा पानीले धोएर पट्टी बाँध्दा रगत रोकियो भने त्यसले पछि हुने उपचारका लागि आधारशीलाको काम गर्छ ।
    • आफैँ वा रोजगारदाताका तर्फबाट (कम्पनी मालिक वा म्यानेजरसँग सल्लाह गरेर) प्राथमिक उपचार बाकस कार्यस्थलमा राख्नु अनिवार्य हुन्छ ।

    Call Us

    -

    Location

    -

    Related Orientaion