वैदेशिक रोजगारमा जानेहरुले वा बिद्यार्थी भिसामै पनि विदेश जानेहरुले किन ट्याटु हान्नु हुँदैन ? वा ट्याटु हानेको मान्छे वैदेशिक रोजगारमा रिजेक्ट हुनुको पछाडी के-के कारण हुन सक्छन् त ? आज हामी यो विषयमा स्पष्ट हुन्छौं ।
साथीभाईको लहै-लहैमा वा अरुले हानेको राम्रो लागेर आफैलाई इच्छा जागेर हामीले ट्याटु हान्छौं । तर ट्याटु हान्नाले तपाइँको भविष्यमा केहि असर चाही पार्न सक्ने हुन्छ ।
विशेषगरि निम्न कारणले असर गर्न सक्छ ।
१. कतिपय देशहरूमा ट्याटुलाई नकारात्मक दृष्टिकोणको रूपमा हेरिन्छ । जस्तो हाम्रै देशमा पनि ट्याटु हानेको मान्छे अर्कै टाइपको जस्तो लाग्छ । यो मेरो धारण होइन आम मान्छेहरुको धारणा हो । यहि धारणा नेपालमा मात्र होइन, अन्य एशियाली देशहरूमा पनि छ । ट्याटुलाई पारम्परिक रूपमा एक विशेष वर्गका मानिसहरूसँग जोडेर हेरिन्छ । र यसलाई अपराध वा समाजमा असामान्य व्यवहारको रूपमा हेरिन्छ ।
२. विशेष गरी मध्य पूर्वका देशहरू जस्तै साउदी अरब, कुवेत, कतार जस्ता देशहरूमा ट्याटु धार्मिक र सांस्कृतिक दृष्टिकोणले अस्वीकार्य मानिन्छ । यी देशहरूमा इस्लाम धर्मको प्रभाव बढी छ, जसमा ट्याटु हान्नुलाई पाप मानिन्छ ।
३. कतिपय रोजगारदाताले विशेष गरि कर्पोरेट, बैंकिंग, होटल वा अन्य पेशागत क्षेत्रहरूमा राख्ने कर्मचारिहरुको इमेजलाई महत्वपूर्ण मान्छन् । ट्याटु हानेको कर्मचारीलाई उनीहरुले रुचाउँदैनन् । कम्पनीहरूले आफ्नो ब्रान्ड इमेज र ग्राहकको धारणालाई महत्त्व दिन्छन्। ट्याटु भएका व्यक्तिहरूलाई "अनुशासनहीन" को रूपमा हेरिन सक्छ, जसले गर्दा उनीहरूले रोजगार पाउन गाह्रो पर्न सक्छ ।
४. सेना, पुलिस, सेक्युरिटी गार्डहरुमा काम गर्दा अनुशासन र सफा-स्वच्छ पहिरन महत्त्वपूर्ण मानिन्छ । ट्याटुलाई अनुशासनको उल्लंघनको रूपमा हेरिन्छ ।
५. मान्छेको धारणा मात्र होइन, ट्याटु हान्नु स्वास्थ्य सम्बन्धी चिन्ताको विषय पनि हो । ट्याटु हान्दा रोग संक्रमणको जोखिम हुन सक्छ । यदि ट्याटु सफा र स्वच्छ वातावरणमा नगरिएको भए, जहाँ पायो त्यहि सुरक्षा सतर्कता नअपनाई हानिएको भए यसले हेपाटाइटिस जस्ता संक्रामक रोगहरू फैलाउन सक्छ । यसले रोजगारदातालाई स्वास्थ्य सम्बन्धी विषयमा ध्यान दिएर पनि ट्याटु अस्विकार गरिएको हुन सक्छ ।
ट्याटुबाट हेपाटाइटिस सर्ने कारणहरू:
१. अस्वस्थकर ट्याटु उपकरण
२. पटक-पटक एकै सुईको प्रयोग
३. अस्वच्छ वातावरण
४. गुणस्तरहीन मसी (Ink):
यसैले, अन्तिममा ट्याटु नहान्नु सबैभन्दा राम्रो, यदि हान्न इच्छानै छ भने पनि ट्याटु लुकाउन सकिने ठाउँमा हान्नुपर्छ । गुणस्तरीयता बारे बुझेर मात्र ट्याटु हान्नु पर्छ ।
-
Something went wrong.