वैदेशिक रोजगारमा जाने श्रमिकले नेपाल सरकारबाट स्वीकृति प्राप्त स्वास्थ्य संस्थाबाट स्वास्थ्य परीक्षण गराउनु पर्छ । स्वास्थ्य परीक्षण गर्ने संस्थाहरुको सूची यसै एपमा पनि हेर्न सकिन्छ ।
✓ वैदेशिक रोजगारमा जानका लागि छनोट भइसकेपछि प्रत्येक कामदारले श्रम तथा रोजगार मन्त्रालयबाट सुचीकृत स्वास्थ्य संस्थाबाट आफ्नो स्वास्थ्य परीक्षण गराई निरोगिताको प्रमाणपत्र लिनुपर्दछ ।
✓ स्वास्थ्य पारीक्षण नक्कली भएमा जोखिम हुन्छ र विदेशमा परिक्षण गर्दा अन्यथा भएमा फिर्ता पठाइन्छ ।
✓ नेपालमा स्वास्थ्य परीक्षण गराएको ९० दिनभित्र विदेशमा स्वास्थ्य परीक्षण गराउँदा स्वास्थ्यकै कारणबाट कामदार काम गर्न अयोग्य छ भनी त्यहाँबाट नेपाल फिर्ता आएमा क्षतिपूर्ति दावी गर्नका लागि निम्न कागजातहरु संलग्न गरी स्वदेश फिर्ता भएको मितिले पैंतीस दिनभित्र श्रम तथा रोजगार मन्त्रालयमा निवेदन दिन सकिन्छ :-
- विदेशमा स्वास्थ्य परीक्षण गराएको सक्कल रिपोर्ट वा सो को प्रमाणित प्रतिलिपि,
- स्वास्थ्यको कारणले वैदेशिक रोजगारबाट फर्कनु परेको प्रमाणित गर्ने कागजात,
- आतेजाते हवाई टिकटको प्रतिलिपि र बोर्डिङ्ग पासको निस्सा,
- राहदानीको प्रतिलिपि,
- विशेषज्ञ समितिले माग गरेका अन्य कागजातहरु ।
✓ कामदारबाट प्राप्त क्षतिपूर्ति सम्बन्धि निवेदन आवश्यक जाँचबुझ एवम् छानवीनका लागि मन्त्रालयले विशेषज्ञ समितिमा पठाउने र उक्त विशेषज्ञ समितिले जाँचबुझ गरी गलत स्वास्थ्य परीक्षण दिएको ठहऱ्याएमा सम्बन्धित स्वास्थ्य संस्थाबाट कामदार वैदेशिक रोजगारमा जाँदा र फिर्ता हुँदा लागेको खर्च क्षतिपूर्ति वापत् कामदारले पाउने व्यवस्था वैदेशिक रोजगार नियमावलीले गरेको छ ।
-
Something went wrong.