वैदेशिक रोजगारमा जाने नेपालीको सुरक्षाको लागि सरकारले वैदेशिक रोजगार कल्याणकारी कोषको स्थापना गरेको हो । वैदेशिक रोजगारमा गएका तथा वैदेशिक रोजगारबाट फर्किआएका कामदार तथा निजको परिवारको सामाजिक सुरक्षा तथा कल्याणको लागि बोर्ड मातहत रहने गरी एक वैदेशिक रोजगार कल्याणकारी कोषको स्थापना गरिएको छ ।
उक्त कोषमा देहायका रकम रहन्छन्:
(क) वैदेशिक रोजगारमा जानुअघि कामदारले तोकिए बमोजिम जम्मा गरेको रकम,
(ख) वैदेशिक रोजगार अन्तर्गत इजाजत प्राप्त कम्पनीहरुले धरौटी रकम तोकिए बमोजिम परिचालन गरी सोबाट प्राप्त ब्याज रकम,
(ग) इजाजतपत्र दस्तुर र सो को नवीकरण दस्तुर बापत प्राप्त रकम,
(घ) दफा २८ बमोजिम तालीम सञ्चालन गर्ने संस्थालाई दिइने अनुमतिपत्र दस्तुर र सो को नवीकरण दस्तुर बापत प्राप्त रकम,
(ङ) वैदेशिक रोजगार व्यवसायसँग सम्बन्धित संस्थाबाट समय–समयमा कोषलाई प्राप्त रकम,
(च) स्वदेशी वा विदेशी व्यक्ति वा निकायबाट प्राप्त अनुदान तथा सहयोग रकम ।
(३) उपदफा (२) को खण्ड (च) बमोजिम विदेशी व्यक्ति वा निकायबाट सहयोग रकम प्राप्त गर्नुअघि नेपाल सरकारको स्वीकृति लिनु पर्नेछ ।
स्पष्टीकरण : यस ऐनको प्रयोजनका लागि “परिवार” भन्नाले वैदेशिक रोजगारमा गएका तथा वैदेशिक रोजगारबाट फर्किआएका कामदार आफैले पालन पोषण गर्नु पर्ने पति वा पत्नी, छोरा, छोरी वा आमा, बाबुतथा महिला कामदारको हकमा निजको सासूससुरा समेतलाई जनाउँछ ।
३३. वैदेशिक रोजगार कल्याणकारी कोषको प्रयोग तथा सञ्चालन : (१) वैदेशिक रोजगार कल्याणकारी कोषको प्रयोग देहायको प्रयोजनका लागि गरिनेछ :
(क) वैदेशिक रोजगारमा जाने कामदारलाई सीपमूलक तालिम प्रदान गर्न,
(ख) कामदारको अङ्गभङ्ग भई वा दफा ७५ को कारणबाट कामदारलाई स्वदेश फिर्ता गराउन, क्षतिपूर्ति दिन र त्यसरी फिर्ता आएका कामदार वा निजको परिवारलाई आर्थिक सहयोग प्रदान गर्न,
(ख१) वैदेशिक रोजगारको लागि विदेश गएको अवस्थामा गम्भीर प्रकृतिको फौजदारी कसूरको अभियोग लागेका कसूरदारको प्रतिरक्षा तथा बहस पैरवी गर्न,
(ख२)वैदेशिक रोजगारबाट जाने कामदारको अधिकार र सम्भावित जोखिमका बारेमा प्रचार प्रसार गर्न,
(ग) वैदेशिक रोजगारबाट फर्केका कामदारको लागि रोजगारमूलक कार्यक्रम सञ्चालन गर्न,
(घ) वैदेशिक रोजगारका लागि विदेश गएको अवस्थामा कामदारको मृत्यु भै शव अलपत्र परी नेपाल ल्याउन र निजको परिवारलाई आर्थिक सहयोग प्रदान गर्न,
(ङ) वैदेशिक रोजगार प्रवद्र्धन सम्बन्धी कार्य गर्न,
(च) तोकिए बमोजिमको अन्य कार्य गर्न ।
(२) वैदेशिक रोजगार कल्याणकारी कोषको सञ्चालन सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।
बबरमहल, काठमाण्डाैं, नेपाल
बैदेशिक रोजगार वोर्ड (FEB)
21495
11
बैदेशिक रोजगार बिभाग (DOFE)
6704
3
मानव बेचबिखन अनुसन्धान ब्युरो (AHTB)
1861
0
नेपाल वैदेशिक रोजगार व्यवसायी संघ (NAFEA)
1901
2
वैदेशिक रोजगार सामाजिक सुरक्षा कोष (SSF)
10904
6
वैदेशिक रोजगार (म्यादी) बीमा (Insurance)
10566
4
प्रवासी नेपाली समन्वय समिति (PNCC)
1576
0
सुरक्षित आप्रवासन (SaMi)
1819
0
स्वास्थ्य जानकारी (Health)
2622
6
तालिम, सीप तथा सिकाइ (Training Info)
5072
2
बित्तिय जानकारी (Financial info)
2375
3
ऐन/कानुन र अधिकार (Laws & Rights)
2320
4
राहदानी (Passport) सम्बन्धि जानकारी
68199
7
वैदेशिक रोजगार ठगि जालसाझी र धोकाधडी
24623
2
मेरो भोगाई, अनुभव र सिकाई
1754
8
श्रम स्वीकृति र नवीकरण
89705
3
वैदेशिक रोजगार अभिमुखिकरण (Orentation)
3577
9
वैदेशिक रोजगार: निःशुल्क कानूनी सेवा (by People Forum)
3285
2
गैर आवासिय नेपाली संघ (NRNA)
2005
1
कन्सुलर तथा भिसा चेक (Visa Verification)
84826
18
Something went wrong.