श्रम विभागको गठन वि.सं. २०२८ सालमा भएको हो । तत्कालीन समयमा उद्योग मन्त्रालय अन्तर्गत रहेको श्रम विभागलाई २०३८ सालमा श्रम मन्त्रालय स्थापना भए पछि त्यसैको मातहतमा राखियो । वैदेशिक रोजगार ऐन, २०४२ जारी भए पछि विभागको कार्यक्षेत्र विस्तार गरी २०५६ सालमा श्रम विभागको नाम श्रम तथा रोजगार प्रवद्र्धन विभाग कायम भयो । विभागले सम्पादन गर्दै आएको वैदेशिक रोजगार सम्बन्धी कार्यको जटिलता र कार्यचापले गर्दा वैदेशिक रोजगार ऐन २०६४ मा वैदेशिक रोजगार सम्बन्धी मामला हेर्ने छुट्टै वैदेशिक रोजगार विभागका रुपमा २०६५ पुस १६ गते अलग गरी स्थापना गरियो ।
नेपाल सरकार (मन्त्रिपरिषद्) को वि.स. २०७०।८।२६ गतेको निर्णयानुसार हाललाई काठमाण्डौ उपत्यका भित्रै देशगतरुपमा श्रम स्विकृति सम्वन्धी सम्पूर्ण कार्य गर्ने गरि निम्न ४ वटा कार्यालयहरु स्थापना:
वैदेशिक रोजगार काठमाण्डौ कार्यालय
वैदेशिक रोजगार मलेसीया शाखा
वैदेशिक रोजगार कतार शाखा
वैदेशिक रोजगार साउदी अरव शाखा
विभागको प्रमुख कार्यहरु
१ वैदेशिक रोजगार सम्बन्धी ऐन, नियम, निर्देशिका,कार्यप्रणाली सम्बन्धी नीतिगत कार्य ।
२ वैदेशिक रोजगार सम्बन्धी गन्तव्य मुलुकसँग श्रम सम्झौता सम्बन्धी कार्य ।
३ सरोकारवाला राष्ट्रिय तथा अन्तराष्ट्रिय संघ संस्थासँग सहकार्य ।
४ वैदेशिक रोजगार र अन्तर्राष्ट्रिय आप्रवासन सम्बन्धमा समन्वय र सहकार्य ।
१ वैदेशिक रोजगार व्यवसाय सञ्चालनको इजाजत पत्र प्रदान, नविकरण, कारवाही तथा संस्था खारेज गर्ने ।
२ वैदेशिक रोजगार अभिमुखीकरण सम्बन्धी तालिम प्रदान गर्ने संस्थालाई अनुमती प्रदान गर्ने तथा नियमन गर्ने ।
३ घरेलु कामदार तालिम दिने संस्था दर्ता नविकरण तथा नियमन गर्ने ।
४ अनुगमन तथा निरीक्षण सम्बन्धी अन्य कार्यहरु ।
५ अनुसन्धान तथा अभियोजन सम्बन्धी कार्य
६ वैदेशिक रोजगारी सम्बन्धी उजुरीको अनुसन्धान सम्बन्धी कार्य ।
७ अनुसन्धानका आधारमा वैदेशिक रोजगार न्यायाधिकरणमा मुद्दा दायर ।
८ वैदेशिक रोजगारका कसुरमा हुने विभागीय दण्ड सजाय सम्बन्धी अर्थन्याधिक कार्य ।
९ कामदारलाई राहत तथा क्षतिपूर्ति उपलब्ध गराउने कार्यमा समन्वय ।
१० व्यवासायीको कारोबार रोक्का तथा रोजगारदाता कम्पनिलाई कालोसूचीमा राख्ने कार्य ।
११ वैदेशिक रोजगारमा हुने ठगी नियन्त्रण सम्बन्धी कार्यहरु ।
१२ वैदेशिक रोजगार सम्बन्धी गुनासो व्यवस्थापन ।
१३ विमानस्थलमा कामदारलाई सहजीकरणको कार्य ।
१४ विमानस्थलमा कामदारलाई सूचना प्रवाह सम्बन्धी कार्य ।
१५ कामदारहरुको उद्धार तथा गन्तव्य मुलुकमा कामदारको पक्षबाट पैरवीमा सहयोग ।
प्रवद्र्धनात्मक तथा अनुसन्धानात्मक कार्य (वैदेशिक रोजगार प्रवद्र्धन वोर्डसँगको समन्वयमा गर्ने)
१ जनचेतनामूलक सूचना प्रवाह ।
२ सुरक्षित आप्रावासन सम्बन्धमा सहयोग र सहकार्य ।
३ संभावित गन्तव्यको पहिचान ।
४ रोजगार बजारको मागका क्षेत्रहरुको पहिचान ।
दैनिक कार्यसञ्चालन
१ कर्मचारी प्रशासन सम्बन्धी कार्य ।
२ आर्थिक प्रशासन सम्बन्धी कार्य ।
३ अभिलेख व्यवस्थापन सम्बन्धी कार्य ।
४ सूचना व्यवस्थापन सम्बन्धी कार्य ।
विभागका शाखाहरु
क) प्रशासन, योजना तथा संस्था दर्ता
ख) श्रम कक्ष शाखा
ग) आर्थिक प्रशासन शाखा
घ) वैदेशिक रोजगार अनुसन्धान तथा प्रवद्र्धन शाखा
ङ) उद्धार तथा राहत समन्वय शाखा
च) अनुगमन तथा अभिमुखीकरण शाखा
छ) सूचना प्रविधि शाखा
ज) अनुसन्धान तथा मुद्दा शाखा
Tahachal, Kathmandu, Nepal
बैदेशिक रोजगार वोर्ड (FEB)
21495
11
बैदेशिक रोजगार बिभाग (DOFE)
6704
3
मानव बेचबिखन अनुसन्धान ब्युरो (AHTB)
1862
0
नेपाल वैदेशिक रोजगार व्यवसायी संघ (NAFEA)
1901
2
वैदेशिक रोजगार सामाजिक सुरक्षा कोष (SSF)
10904
6
वैदेशिक रोजगार (म्यादी) बीमा (Insurance)
10567
4
वैदेशिक रोजगार कल्याणकारी कोष (Welfare Fund)
2402
0
प्रवासी नेपाली समन्वय समिति (PNCC)
1576
0
सुरक्षित आप्रवासन (SaMi)
1819
0
स्वास्थ्य जानकारी (Health)
2622
6
तालिम, सीप तथा सिकाइ (Training Info)
5072
2
बित्तिय जानकारी (Financial info)
2375
3
राहदानी (Passport) सम्बन्धि जानकारी
68199
7
वैदेशिक रोजगार ठगि जालसाझी र धोकाधडी
24623
2
मेरो भोगाई, अनुभव र सिकाई
1754
8
श्रम स्वीकृति र नवीकरण
89705
3
वैदेशिक रोजगार अभिमुखिकरण (Orentation)
3577
9
वैदेशिक रोजगार: निःशुल्क कानूनी सेवा (by People Forum)
3286
2
गैर आवासिय नेपाली संघ (NRNA)
2006
1
कन्सुलर तथा भिसा चेक (Visa Verification)
84826
18
Something went wrong.